२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

राष्ट्रिय जनमुक्ति पार्टीको छैठौं महाधिवेशन धरानमा हुने।

दैलो न्युज दैलो न्युज
बैशाख ३१, २०७६ १४:४० मा प्रकाशित
राष्ट्रिय जनमुक्ति पार्टीको छैठौं महाधिवेशन धरानमा हुने।
ShareTweetPin

काठमाडौँ ।
राष्ट्रिय जनमुक्ति पार्टीले मंसिर ४ गतेदेखि धरानमा छैठौं महाधिवेशन गर्ने भएको छ ।
उपमहासचिव एवं केन्द्रीय सञ्चार विभाग प्रमुख मेखराज खाती परियारका अनुसार हालै बसेको केन्द्रीय समितिको बैठकले अधिवेशनको मिति र स्थान टुंगो लगाएको हो । राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकीकरण भएपछि बसेको केन्द्रीय समितिको बैठकले एकता प्रक्रियालाई अनुमोदन गरेको छ । पार्टीका नेतालाई जिम्मेवारी हेरफेरसँगै कार्य विभाजन पनि गरेको छ ।

पार्टीले जनवर्गीय संगठनको नेतृत्वसमेत तोकेको छ । २ पार्टीबीच गत चैत्रमा एकता भएको थियो । बैठकले बढ्दो भ्रष्टाचारविरुद्ध जेठ महिनादेखि ‘भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान’ चरणबद्ध रुपमा संघर्ष गर्ने निर्णय गरेको छ । सो अभियानका लागि पार्टी महासचिव केशव सूर्यवंशीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

परियारका अनुसार महाधिवेशन संयोजकमा संस्थापक नेता रामबहादुर तुम्वाहाम्फे, उपसंयोजकहरुमा क्रमशः उपाध्यक्ष मोहन धिमाल र प्रदेश नं. १ का अध्यक्ष प्रकाश येङदेन, प्रचार संयोजकमा उपमहासचिव एवं केन्द्रीय सञ्चार विभाग प्रमुख मेखराज खाती परियार, अर्थ संयोजकमा कोषाध्यक्ष डबबहादुर गर्वुजा र सचिवालय संयोजकमा केन्द्रीय सचिव पदम जवेगु र विष्णु थाम्देनलार्ई जिम्मेवारी प्रदान गरिएको छ ।

गोविन्द नेपाली (कञ्चनपुर) लाई प्रदेश ७ को संयोजक बनाएको छ भने मनोज परियार (दार्चुला) लाई सहसचिव र प्रेम नेपाली (अछाम), निर्मल मग्राती (गोर्खा), गजेन्द्र पासवान (सप्तरी), रुपेश वागचन (सल्यान), सरोज कार्की (चितवन), कमला नेपाली (गुल्मी), कृष्ण भण्डारी (बैतडी), राजेन्द्र विक (सप्तरी), दुर्गा विक (तनँहु) र सरोज उपरकोटी (चितवन) लाई संघीय परिषद सदस्यमा मनोनयन गरेको छ । खम्बुवान राष्ट्रिय मोर्चाबाट पार्टी प्रवेश गरेका राज्य राई (देमिन) लाई पार्टीको संघीय परिषद सदस्यमा मनोनित गरेको छ ।

पार्टी अध्यक्ष केपी पालुङवाको सभापतित्वमा बसेको सो बैठकले जातीय समन्वय विभागलाई अधिकार सम्पन्न ‘जातीय विभाग’ मा परिणत गर्दै विभागका प्रमुख दलबहादुर वीरकट्टालाई उपाध्यक्ष बनाएको छ । सामाजिक सञ्जाल ब्यूरोको प्रमुखको समेत जिम्मेवारी बहन गर्ने गरी यातायात विभाग प्रमुख सूर्यकुमार सारुलाई सचिव पदमा बढुवा गरेको छ।

सचिव बलदीप राईलाई बुद्धिजिवि विभाग प्रमुखको जिम्मेवारी दिएको छ भने संघीय परिषद सदस्य श्याम परियारलाई राष्ट्रिय दलित मोर्चाको राष्ट्रिय भेला संयोजकको जिम्मेवारी तोकेको छ । २०४८ सालमा स्थापित पार्टीको चुनाव चिन्ह घर हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us