पोखरा ,१ जेष्ठ २०७६:-
केहि विद्वानको मत छ कि गौतम बुद्ध एउटा बिरामी मानिस एउटा बुढो मानसि एउटा मुर्दा र एउटा सन्यासी देखेर गृहत्याग गर्ने फैसला गरे रे l
यो एकदमै भ्रामक हो किनभने बुद्धले ग्रहत्याग २९ वर्षको उमेरमा गरेका थिए के २९ वर्षको मान्छेलाई त्यति समन्या कुरा पनि थाहा थिएन होला त् ?? जबकि उनको आफ्नै आमाको निधन भैसकेको थियो त्यसकारण हो कसैले रचिएका एक कथा मात्रै हुन् भन्दा फरक पर्दैन l वास्तविकता हामीले सुनेका भन्दा अलिक फरक नै छ
सिद्दार्थ गौतम र शाक्य संघ बिचको मतभेद:
शाक्य संघको सदस्य बनेको आठ वर्षसम्म सिद्दार्थ सबैको प्रिय सदस्य रहे शाक्यको राज्यमा टासिएको कोलियाको राज्य थियो रोहिणी नदीले दुवै राज्यको बिच विभाजक रेखाको काम गर्थ्यो दुवै राज्य यहि नदीबाट सिचाई गर्थे रोहिणिको पानि पहिला कसले कति उपयोग गरेछ यो विषयलाई लिएर शाक्य र कोलियामा प्रायजसो विवाद भैरहन्थ्यो l
सिद्दर्थको उमेर २८ वर्षको भैसकेको थियो त्यो वर्षमा पनि रोहिणिको पानीको विषयमा झगडा भयो र स्थिति युद्द हुनेसम्म पुग्यो
संघमा सभा बोलायो सिद्दार्थ र शाक्य सेनापतिका बिचमा समस्या हल गर्ने उपायमा मतभेद उत्पन्न भयो सेनापति युद्दको लागि तत्पर थिए भने सिद्दार्थ युद्द चाहदैन थियो र युद्द बात समाधान निस्कदैन भन्नेमा ढुक्क थियो l
अनि सिद्दर्थको सल्लाह चै शाक्य र कोलिय दुवै राजयो बाट दुइ दुइ जना प्रतिनिधि छान्ने अनि ति चार जानाले एउटा छान्ने र ति पाच जनाको समितिले त्यसको समाधानको उपाय निकालन लगाउने जबकि सेनापति कोलियलाइ दरो दण्ड नदिइ समस्याको समाधान नहुने पक्षमा थियो l
सिद्दर्थले भने “आगोले आगो निभाउन सकिदैन पानि नै चाहिन्छ अनि झगडा, झगडाले होइन आपसी समझदारीले सुल्झाउनु पर्छ”
तर शाक्य संघमा सेनापतिको विचारमा बहुमतको समर्थन थियो शाक्य संको नियम अनुसार यदि कुनै सदस्य संघको निर्णयको विपक्षमा उभिन्छा भने त्यसलाई देश निकाला गर्ने अथवा उसको परिवारको जग्गा जमिन सबै जफत गर्न सकिथ्यो l
त्यहि भएर सिद्दर्थले आफ्नो परिवारलाई बहिष्कार नगरियोस र राजा शुद्दोदनको सम्पति पनि जफत नगरियोस भन्ने उद्देश्यले उनले आफु गृहत्यागा गरेर देश बाहिर जाने निर्णय लिए l
अर्को करण चै सिद्दार्थ आफै सानै उमेरबाट ज्ञानको अभिलाषा:
सिद्दार्थ स्वभावैले दयालु थिए l एक मानिसले अर्को मानिसलाई शोषण गरेको उनि मन पराउदैन थिए l उनि हिँसा गरेको पनि मन पराउदैन थियो l त्यसैले उनि शिकार गर्न जादैन थिए तर आमा गौतमी भन्थिन ” एक क्षत्रिय भएपछी लड्नु उसक्को धर्म हो”
उनि सोध्ने गर्थ्यो :एक शत्रियाले किन लड्नुपर्छ ?
आमा : यो उसको धर्म हो l
तब सिद्दर्थले सोध्थ्यो आमा मानिसले मानिसलाई मार्नु पनि धर्म हुन्छा र ?
आमा ; राज्य संरक्षणका लागि यो जरुरि छ l
सिद्दार्थ भन्थे : क्षत्रियाले एक अर्कामा आपसी समझदारी र प्रेम गैर पनि आफ्नो राजयो संरक्षण गर्न सकिदैन र?
उनको यो तार्किक प्रश्नको उत्तर कसैसग हुदैन थियो l अन्तत आफै त्यहि प्रश्नको उत्तर खोजि गर्न हिडे l
(सामग्री संकलन : मोहन कुमार तामाङ्ग )
प्रतिक्रिया लेख्नुहोस्:-