२०७९ जेष्ठ ३, मङ्लबार
May 17, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

आफ्ना सांसद स्वतन्त्र तिब्बतसम्बन्धी कार्यक्रममा सहभागी भएकामा यादवले दिए प्रस्टीकरण

दैलो न्युज दैलो न्युज
जेष्ठ १, २०७६ १८:४४ मा प्रकाशित
ShareTweetPin

काठमाडौँ — आफ्नो पार्टीका सांसद ‘स्वतन्त्र तिब्बत’ सम्बन्धी कार्यक्रममा सहभागी भएपछि अप्ठ्यारोमा परेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बुधबार प्रस्टीकरण दिएका छन् ।
यादवले प्रेस विज्ञप्तिमार्फत समाजवादी पार्टी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चीनविरोधी गतिविधिको विपक्षमा उभिएको बताएका छन् । समाजवादी पार्टीका सांसद प्रदीप यादव र राजपाका सांसद एकवाल मियाँ लात्भियाको राजधानी रिगामा आयोजित स्वतन्त्र तिब्बत पक्षधर सांसदको भेलामा सहभागी भएको विषयलाई लिएर नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले चासो प्रकट गरेपछि यादवले विज्ञप्ति निकालेर प्रस्टीकरण दिएका हुन् । अर्को पार्टी राजपाले भने भूलवश गएको टिप्पणी गरेको छ ।
न पार्टीलाई सांसद यादवको त्यससम्बन्धी कार्यक्रममा हुने सहभागिताबारे थाहा थियो, न पार्टीले अनुमति नै दिएको थियो,’ समाजवादी अध्यक्ष यादवले विज्ञप्तिमा भनेका छन्, ‘उनको सहभागिता पार्टीको औपचारिक पोजिसनसँग मेल खाँदैन ।’ उनले सांसद यादवसँग स्पष्टीकरण सोधिएको र त्यसमा चित्त नबुझे अनुशासनविपरीत कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

गत वैशाख २४ र २७ गते लात्भियाको राजधानी रिगामा स्वतन्त्र तिब्बत पक्षधर सांसदहरूको कार्यक्रम राखिएको थियो । जसमा सहभागी हुन यादव र मियाँ अघिल्लै दिन त्यहाँ पुगेका थिए । सांसद यादवले झुक्किएर आफूहरू त्यहाँ पुगेको बताएका छन् । ‘साथी -एकवाल) ले इन्टरनेसनल पार्लियामेन्टेरियन प्रोग्राममा भाग लिन जाने र युरोप घुमेर आउने भन्नुभयो, हुन्छ भनें,’ उनले कान्तिपुरसँग भने, ‘कार्यक्रमभन्दा पनि घुम्ने रहरले गइयो । हामीलाई एउटा होटलमा राखियो, भोलिपल्ट नजिकैको कार्यक्रमस्थलमा पुग्दा यस्तो रहेछ भन्ने थाहा भयो ।’

त्यसपछि गलत कार्यक्रममा आइपुगेको महसुस भएको र बिरामीको बहाना बनाएर त्यहाँबाट निस्किएको उनले बताए । ‘हामीले त्यहाँ केही बोलेनौं, कतै हस्ताक्षर पनि गरेनौं,’ उनले भने, ‘त्यहाँबाट निस्किएपछि होटल छाडेर ट्याक्सीमा हिँड्यौं । एयरपोर्ट गई हवाईजहाजको टिकट लिएर जुरिच पुग्यौं । आई त हालियो भनेर केही युरोपका मुलुक घुमेर फर्कियौं ।’

उनले सांसद एकवालका चिनेका साथीले युरोप घुम्न प्रस्ताव राखेका कारण गएको बताए । ‘मैले पार्टीलाई जानकारी गराएको थिइनँ, अनुमति लिएको पनि होइन, घुम्नका लागि भनेर आफैं गएका हौं,’ उनले भने, ‘पार्टीको स्पष्टीकरण पत्र बुझ्न जाँदै छु । पार्टीलाई पनि यही कुरा भन्नेछु ।’ उनलाई पार्टीले २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन बुधबारै पत्र थमाएको छ ।

अर्का सांसद मियाँ भने सम्पर्कमा आउन चाहेनन् । उनलाई पार्टी अध्यक्षमण्डलका सदस्यहरूले मौखिक स्पष्टीकरण सोधेका थिए । त्यसक्रममा उनले यादवको जस्तै जवाफ दिएका थिए । भिसा लिँदा दुवै सांसदले संसद् सचिवालयबाट सिफारिसपत्र भने लिएका थिए । नेपाल नीतिविपरीत आयोजित विवादास्पद कार्यक्रममा भएको सहभागितालाई लिएर सभामुख कृष्णबहादुर महराले समेत दुवै सांसदसँग सोधेका थिए ।

कान्तिपुर दैनिकबाट

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us