२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

सरकारले २२ अर्ब लगानीमा मुग्लिन–नागढुंगा सडक विस्तार गर्ने

दैलो न्युज दैलो न्युज
जेष्ठ २, २०७६ ०३:४५ मा प्रकाशित
ShareTweetPin

काठमाडौं, जेठ १
सरकारले मुग्लिन–नागढुंगा सडकखण्ड स्तरोन्नति गर्ने भएको छ।
पृथ्वी राजमार्गमा पर्ने यो सडकको साँघुरो खण्डलाई दुई लेनमा स्तरोन्नति गर्न लागिएको हो। सडक विभाग वैदेशिक सहायता कार्यान्वयन महाशाखाका इन्जिनियर छविलाल पौडेलले मुग्लिन–नागढुंगा सडक स्तरोन्नति गर्न लागिएको जानकारी दिए। नारायणघाट–मुग्लिन खण्ड विस्तारसँगै मुग्लिन–नागढुंगाको काम अघि बढाउन खोजिएको हो। मुग्लिन–नारायणघाट सडक २०७५ जेठमा विस्तार भइसकेको छ। यो सडक विश्व बैंकको ऋण सहयोगमा दुई लेनमा विस्तार गरिएको छ। मुग्लिन–नागढुंगा सडक पनि विश्व बैंकको ऋण सहयोगमा विस्तार गर्न लागिएको हो। सडक विस्तार गर्न विश्व बैंकले ऋण दिने सहमति भइसकेको छ। एक वर्षभित्रमा ऋणसम्बन्धी सम्झौता हुने महाशाखाले जनाएको छ।

यो सडक स्तरोन्नति गर्न २२ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। यसका लागि विश्व बैंकको सहयोगमा नपुग रकम नेपाल सरकारले खर्च गर्नुपर्नेछ। महाशाखाले सडक स्तरोन्नति गर्न डिजाइन तयार पारिसकेको छ। यो सडक ९६ किलोमिटर छ। परामर्शदाता आईसीटीले सडकको डिजाइन तयार गरेको हो। परामर्शदाताले सन् २०१८ मा सडक विभागलाई डिजाइन हस्तान्तरण गरिसकेको छ। यो सडक मुग्लिन–नारायणघाट सडक जस्तै दुई लेनमा विस्तार गर्न डिजाइन तयार गरिएको पौडेलले बताए।

‘मुग्लिन–नागढुंगा सडकको चौडा एक नासको छैन। कतै दुई लेन र केही साढे एक लेनको छ। यसलाई भने समान हुने गरी दुई लेनमा विस्तार गर्न खोजिएको हो’, पौडेलले भने।

आर्थिक वर्ष ०७६÷७७ को नीति तथा कार्यक्रममा संघीय सरकारले दुई लेनभन्दा तलका सडक निर्माण नगर्ने उल्लेख छ। पृथ्वी राजमार्ग राष्ट्रिय सडक हो। यो संघीय सरकारको मातहतमा छ। सन् १९७४ मा निर्माण गरिएको राजमार्गको अधिकतम चौंडा दुई लेनभन्दा सानो छ। काठमाडौं उपत्यका छिर्ने मुख्य सडकलाई एसियाली गुणस्तर अनुरुप विकास गर्न खोजिएको हो।

मुख्य सडक दुई लेनमा विस्तार गरिए पनि बजार क्षेत्रमा भने सर्भिस लेन निर्माण गरिनेछ। उनका अनुसार बजार क्षेत्रमा सर्भिस लेन र आकासे पुल निर्माण गरिनेछ। यस्तै उकालो ठाउँमा मालबहाक सवारीका लागि निर्धारित लेन निर्माण गरिनेछ। मालबहाक सवारीको आगमनमा बाधा उत्पन नहोस् भन्न निर्धारित लेन निर्माण गर्न खोजिएको हो।

सडक स्तरोन्नति गर्न महाशाखाकाले डिजाइनको मूल्यांकन गरिरहेको छ। महाशाखाबाट डिजाइनको मूल्यांकन सम्पन्न भइसकेपछि निर्माण प्रक्रिया अघि बढाउन वातावरणीय प्रभाव मूल्यांकन पास गर्नुपर्ने हुन्छ। वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति भएपछि सडक स्तरोन्नतिका लागि ठेकेदार छनोट प्रक्रिया अघि बढाइने उनले बताए। आगामी आर्थिक वर्षको अन्त्यतिर ठेक्का प्रक्रिया अघि बढाइनेछ। ठेक्का लागेको ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने महाशाखाको योजना छ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us