पोखरा,२ जेष्ठ २०७६:-
जहाँ उज्यालो हुन्छ, त्यहा अध्यारो पनि हुन्छ। जहाँ बुद्ध हुन्छ, त्यहा अजातशात्रु र कठोर हृदय पनि हुन्छन ।
एकदिन बुद्ध दिउसो पहाडको ढुङ्गामा उभिएर आकाशको सौन्दर्य हेरिरहेका थिए । तब तलबाट आवाज आयो ‘पछाडी हेर्नुस’ भगवान ! एउटा ठुलो ढुंगा पल्टिदै तपाइमाथि खस्न लाग्दै छ । तुरुन्त बुद्दले फर्किएर हेरे, एउटा ठुलो ढुंगा पल्टदै उनितर्फ़ आइरहेको थियो । त्यहाबाट हट्न पनि कठिन थियो किनकि बाटोमा तिर्खा ढुंगाहरु थिए । सौभाग्यले उक्त ढुंगा बुद्धसम्मा आइपुग्नुभंदा पहिला नै पहाडका दुइ ठुला ढुंगाको बिचमा अड्कियो तर त्यसको एउटा टुक्रा बुद्दको खुट्टामा खस्यो । जसले बुद्धको खुट्टा काट्यो र खुट्टा रगताम्य भयो ।
त्यति नै बेला माथि हेर्दा कुनै व्यक्ति तिव्र गतिमा भाग्दै थियो यति चै शंका चै गर्न सकिन्थ्यो कि तिनै व्यक्ति हुन जसले गौतम बुद्दलाई मर्नको लागि ढुंगा खसालेका थिए । तलाबाट भिक्षुहरु पनि दौदिएर आए र सारा दृश्य देखेर एउटा भिक्षुले भने ” यो पक्कै पनि यो कसैको हाम्रो गुरुको हत्या गर्ने षडयन्त्र नै हुनु पर्छ ”
त्यसपछि भिक्षुहरुले एउटा टोलि नै बनाए बुद्धको सुरक्षाको लागि तर त्यसलाई बुद्धले स्वीकार गरेनन र बुद्दले भने “मलाई सुरक्षा चाहिदैन तपाइहरु आफ्नो कुटीमा जानुस ।
ढुंगा खसालेको १० दिन पछि फेरी अर्को घटना घट्यो । जहा बुद्ध र भिक्षुहरु राजधानीमा भिक्षाटन गरिरहेका थिए । तब मान्य आनन्दले देखे कि पाराबाट एउटा क्रोधित हाती बुद्ध भएको तिर आउदै छ ।निलगिरी नामक उक्त हात्ती एकदमै ठुलो थियो ।
आनन्द चै यो सोच्दै थिए कि यो हातिलाई हस्तिसालाका प्रबन्धकले कसरि निस्कन दियो होला । या किन निस्कन धियो होला ।
भयभित मान्छेहरु यताउता भाग्न थाले । हाती सुड उठाएर सिधै बुद्दतिर आइरहेको थियो । आनन्दले बुद्दको पाखुरा समातेर सुरक्षित ठाउतिर लैजना खोजे तर बुद्दले मानेनन् र शान्ताभावामा त्यहि निश्चिन्त भएर उभिरहे । त्यहा भएका मान्छेहरुले चिच्याउदै बच्नको लागि अनुरोध गरिरहे । आनन्द सास रोकेर हत्तपत्त उफ्रदै बुद्ध र हातिको बिचमा आए ।
त्यहि समय बुद्धले हस्तिनिको आवाज निकाले । जुन रानी हत्ताको आवाज थियो । जसको साथमा बुद्धले रक्षितवनमा मित्रता गासेका थिए।
त्यो बेला निलगिरी बुद्धभन्दा केहि दुरी पर थियो । रानीको आवाज सुन्ने बितिकै हात्ती रोकियो र बुद्धको सामुन्ने चारवटै खुट्टा फैलाएर बस्यो र टाउको निउर्यायो मानौ उसले नमन गरिरहेको छ ।
बुद्धले एक हातले उसको सुड समाए र अर्को हातले टाउको थपथपाए । उनले आज्ञाकारी हातिलाई जस्तै गरेर उसलाई राजकीय हस्तिशालामा लिएर गए ।
मानिसहरु खुसि हुदै तालि बजाए र हर्षले सबैको अनुहारमा मुस्कान छायो ।
आनन्द पनि मुस्काउन थाले । उनले युवा समयलाई सम्झे जतिबेला बुद्धले धनुविर्धा , भरोतोलाना , घोडादौड सबैमा कुशल थिए ।आज पनि बुद्दले क्रोधित हात्तीलाई यसरि सम्हाले कि मानौ उक्त हाती उनको पुरानो मित्र हो ।
हस्तिशाला गएर बुद्धले प्रबन्धकलाई करुण स्वरमा भने “मलाइ यो हात्ती कसले छोड्यो जान्नु आवश्यक छैन तर तिमीले आज ठुलो परिणाम भोग्नु पर्ने हो ,आज यसले सयौ मानिस मारिन सक्थे ।भविष्यमा यस्तो भुलेर पनि कहिल्यै नगर्नु” प्रबन्धकले साष्टाङ्ग प्रणाम गरे ।
बुद्धले उनलाई उठाए र सबै भिक्षुहरु भएको ठाउमा आए ।। ।
(सामाग्री संकलन : मोहन कुमार तामाङ्ग )
प्रतिक्रिया लेख्नुहोस्:-