धनकुटा।
२ जेठ,२०७६
चौविसे गाउँपालिका,इलाका प्रशासन कार्यालय,इलाका प्रहरी कार्यालय राजारानी धनकुटाद्वारा गत बैशाख ३० गते राजारानी बजारमा गरेको संयुक्त अनुगमनका क्रममा जफत गरिएको म्याद नाघेको खाद्य तथा पेय पदार्थ अाज नष्ट गरिएको छ।
चौविसे गाउँपालिका अध्यक्ष खजिन्द्र राई,प्रमुख प्रशासकीय अधिकृत शशि राई,ईलाका प्रशासन कार्यालय राजारानीका ईलका प्रशासन अधिकृत बालकृष्ण पौडेल,ईलाका प्रहरी कार्यालय राजारानीका प्रमुख मनोज यादव,वजार व्यवस्थापन समिति राजारानीका सचिव जीवन कटवाल,नागरिक समाज,तथा पत्रकारको रोहबरमा बरामद गरिएको उक्त सामाग्री अाज नष्ट गरिएको हो।
प्रतिक्रिया लेख्नुहोस्:-