काठ्माण्डौ ७ जेष्ठ २०७६:-
संघिय लिबुवान पार्टी निकट पत्रकारहरुको छाता संगठन संघिय पत्रकार मंचले संसदमा विचाराधिन मिडिया काउन्सिल विधेकको निन्दा गर्दै पत्रकार महासंघको आन्दोलनलाइ समर्थन गर्ने आइतबार प्रेस विज्ञप्ति जारि गर्दै प्रतिबद्दता जनाइएको हो छ ।
विज्ञप्ति मा भनिएको छ “नेपालमा २०६२/०६३ को दोस्रो जनआन्दोलनसँगै राजतन्त्रको अत्यसँगै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष र संघीय संरचनामा देश गएको वर्तमान परिपेक्षमा वर्तमान संघीय सरकारले देशको चौथो अंग आमसञ्चार सम्बन्धी ल्याएको विधेयक विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ तुरुन्त खारेज गर्न र साथै पत्रकार माथि दण्ड जारीवाना र कैद भुक्तान गर्नु पर्ने, सामाजिक सन्जाल माथि बन्देज लगाउने जस्ता क्रुर असोभनिय खालको कानून बनाई आम संचारमाथि कुठाराघात गर्ने कार्य प्रति यो संगठन संघीय पत्रकार मञ्च, नेपाल घोर भत्र्सना र निन्दा गर्दछ” ।
साथै सरोकारवाला पक्षसँग छलफल र सहमति गरेर मात्र विद्युतीय ऐन ल्याउन समेत सरकारलाई सुचित गरेको ।
प्रतिक्रिया लेख्नुहोस्:-