२०७९ जेष्ठ ५, बिहिबार
May 19, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

मधेस संघीयताको जननी मात्र होइन मुटु पनि हो ।- सहअध्यक्ष श्रेष्ठ

दैलो न्युज दैलो न्युज
जेष्ठ १७, २०७६ ०७:५० मा प्रकाशित
मधेस संघीयताको जननी मात्र होइन मुटु पनि हो ।- सहअध्यक्ष श्रेष्ठ
ShareTweetPin

वीरगञ्ज, १३ जेठ । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले मधेस जनविद्रोहबाट नै नेपालमा संघीयता स्थापित भएको बताउँदै मधेस संघीयताको जननी भएको बताए । उनले अहिले केन्द्रको एकात्मकवादी सोचको विरुद्ध दुई नम्बर प्रदेशले गरेका संघर्ष ऐतिहासिक महत्वको भएको बताउँदै मधेस संघीयताको मुटु समेत भएको बताए ।

उनले यो कुरा पार्टी एकताको उपलक्ष्यमा वीरगञ्जमा आयोजित कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बताएको हो ।सहअध्यक्ष श्रेष्ठले प्रदेश प्रहरी, प्रदेश लोकसेवा आयोग, प्रदेश उच्च अदालत लगायतका राज्ययन्त्रहरुलाई केन्द्रले नियन्त्रण गर्न खोज्नु संघीयताको सिद्धान्त विपरीत भएको बताउँदै प्रदेशले देशको संविधानसँग नबाझ्ने गरी आफ्नो कानुन आफैले बनाउनुपर्ने बताए । उनले नेपालमा समाप्त गर्ने षडयन्त्र भइरहेको बताउँदै मधेस प्रदेशले यसको विरुद्ध अगुवाई गरेर आफ्नो कानुन बनाएकोमा धन्यवाद दिए ।

 नेपालको राजनीतिमा वैचारिक नेताको रुपमा परिचित श्रेष्ठले उक्त अभिमुखीकरण कार्यक्रममा नेपाली कांग्रेसले अगाडी सारेको लोकतान्त्रिक समाजवाद तथा नेपाल कम्युनिष्ट पार्टीले अगाडी सारेको जनताको जनवाद र समाजवाद युरोपका एकल जातीय राष्ट्र–राज्यहरुको नक्कल भएकोले नेपाल जस्तो वहुराष्ट्रिय मुलुकहरुमा उपयुक्त नभएको बताउँदै कांग्रेस कम्युनिष्टको शासनमा जातिवाद झल्किएको बताए । उनले नेपाल बहुराष्ट्रिय राज्य भएकोले नेपाली समाज सुहाउँदो  समाजवादको मोडेलको रुपमा समुन्नत सङ्घीय समाजवादलाई सिद्धान्तको रुपमा अबलम्बन गर्ने बताए । नेता श्रेष्ठले नेपालमा बजार अर्थतन्त्रको नाममा सामाजिक उत्तरदायित्व भुुल्ने लोकतान्त्रिक समाजवाद र राज्यको दायित्वको नाममा राजकीय समाजवाद लागु गर्ने साम्यवादको युग समाप्त भएको बताउँदै अव नेपाली विशेषतायुक्त समाजवादलाई अंगीकार गर्ने बताए । उनले यस्तो समाजवाद भनेको संघीय शासन प्रणाली सहितको समाजवाद भएको र यसले सामाजिक न्याय, सबैखाले विभेदबाट मुक्ति, सुशासन र समृद्धि ल्याउने भएकाले यसलाई सम्मुनत संघीय समाजवाद भनिएको बताए । उनले यस्तो समाजवाद माथिबाट लादिने नभई जनताबाट प्रष्फुटित, जनताप्रति उत्तरदायी, लोकतान्त्रिक र समावेशी हुने बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us