ल्हाप्साङ्कार्पो म्युजिक सेन्टरले निर्माण गरेको गोरी गोरी २ नामक गीतको भिडियो सार्वजनिक भएको छ ।
रोशन फ्युबा तामाङको शब्द संगीत र आवाज मा रहेको यस गीतको भिडियोमा नेपालको नायक तथा मोडल पल शाह र भुटानको नायिका उग्येन् छोदेनले अभिनय गरेका छन् । साथमा म्हेन्दोमाया गायिका छिमी मम्बाको पनि अभिनय रहेको छ ।
गीत संगीतको माध्यमबाट कला संस्कृतिलाई विश्वमाझ पुर्याउने उद्देश्यका साथ गोरी गोरी २ नामक गीत लिएर बजारमा आएको गायक रोशन फ्युबा बताउँछन् ।
उक्त भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन भने राम कुमार केसीले छायांकन गरेका छन् । सम्पादन गायक स्वयं रोशन फ्युबाले गरेका छन् । ल्हाप्साङ्कार्पो कै अफिसियल च्यान्नल मार्फत आज (शुक्रबार ) २ बजे सो गीतलाई सार्वजनिक गरिएको छ । विभिन्न १० भन्दा बढी भाषामा सवटाइटल गरिने यस भिडियोमा सुरुमा ८ भाषामा सब टाइटल राखिएको छ । आगामी दिनमा अरु भाषा मा पनि सवटाइटल राखिने जानकारी निर्माण पक्षले दिएको छ ।
हेर्नुस् गीतको भिडियो :-
प्रतिक्रिया लेख्नुहोस्:-