जेठ २२,ओखलढुङ्गा
“स्वच्छ वायु स्वास्थ्य जीवन” भन्ने नाराका साथ आज आयोजना गरिएको ४५ औ वातावरण दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ
भू – तथा जलाधार कार्यालय ओखलढुङ्गा को आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ओखलढुङ्गा को सहकार्य मा “स्वच्छ वायु स्वास्थ्य जीवन” भन्ने नाराका साथ ४५ औ विश्व बाताबरण दिवस मनाईएको छ | वातावरण दिवसको अवसरमा आयोजित वृक्षारोपण वक्तृत्वकला प्रतियोगिता तथा प्रवचन कार्यक्रमको प्रमुख अतिथि रहनु भएका सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र अधिकारिले हामीले “हाम्रो वातावरण स्वच्छ,सफा र सुन्दर राख्नको लागि एक दिन औपचारिक कार्यक्रम गरि वृक्षारोपण गर्दैमा संरक्षण नहुने बताएका छन् |”
साथै वहॉले भू तथा जलाधार कार्यालय ओखलढुङ्गा को आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ओखलढुङ्गा को सहकार्य मा “स्वच्छ वायु स्वास्थ्य जीवन” भन्ने नाराका साथ ४५ औ विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको वृक्षारोपण कार्यक्रम समाज परिवर्तन को लागि अत्यन्तै सकारात्मक भूमिका खेलेको प्रशंसा गर्दै सधैभरि कुनै संस्थाले या कुनै नेतृत्वले एउटा विरुवा एक दिन वृक्षारोपण गर्दैमा वातावरणिय प्रभाव कम नहुने र यसलाई दिर्घाकालिन समाधानको गर्न लागि हामी पनि त्यसबाट पन्छिन नमिल्ने बताउनु भएको छ , अहिलेको समयमा वातावरणीय प्रदुषण एकदमै चुनौतिपूर्ण रहेकोले अब यसको रोकथाममा हामी सबै आ-आफ्नो ठाउ बाट जुट्नुपर्ने भन्दै यो महान अभियान सबैलाई सहभागी हुन् अनुरोध गर्नु भयो |
कार्यक्रममा विशेष अतिथी सुनकोसी गाउपालिका उपाध्यक्ष दुर्गा तामाङ, भू तथा जलाधार कार्यालय ओखलढुङ्गा को प्रमुख हृदय झा,सुनकोशी गाउपालिका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्की,सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ओखलढुङ्गा को अध्यक्ष दिर्घा बहादुर खत्री लगायतले शुभकामाना मन्तव्य राख्नुभएको थियो भने उक्त कार्यक्रमको अध्यक्ष श्री चौतारा मावि डाडाखर्कका प्रधानाध्यापक कमल कटुवाल ले गर्नुभएको थियो भने विद्यालयको शिक्षक हरि भुजेलले कार्यक्रम को संचालन गर्नु भएको थियो |
प्रतिक्रिया लेख्नुहोस्:-