काठमाडौं –हामीले यो कुरा बिर्सनु हुँदैन कि हामीहरू सानो, ठूलो कुनै पनि कामको लागि हरबखत तयारी अवस्थामा रहनुपर्दछ । समस्याहरूको साथसाथै जो व्यक्ति रहन सक्छ त्यस्तो व्यक्तिले अवसर पनि प्राप्त गर्न सक्दछ । कुनै कुनै बेला त हामीहरू मध्ये कतिलाई यस्तो पनि हुन्छ कि बर्षीदेखि कुनै पनि अवसर प्राप्त गर्न प्रतीक्षामा बसिएको हुन्छ तर त्यो अवसर आफूले थाहै नपाउने गरी गुमेको हुन्छ। तपाई हामी सबैलाई थाहा छ कात्तिक महिनामा कुकुरहरू आ–आफ्नो ग्रुपमा लडिरहन्छन् ।
कसैले पनि सही मौका प्राप्त गर्न सक्दैनन् । बलिया कुकुरहरू लडाइमा मस्त हुन्छन् । यतिसम्म लड्छन् कि उनीहरू अब कुकुर्नीको साटो आफ्नो ज्यान जोगाउन लड्छन् । त्यहा मौका छोपेर एउटा लते कुकुरले ढाडे बलिया कुकुरले आँटेको मौकाको फाइदा आफूले उठाउँछ। यद्यपि ऊ सँग लड्न बल छैन तर पनि यतिसम्म पाछ लाग्छ की आफ्नो इच्छा पुरा गरेरै छाड्छ । आफ्नो कामको लागि अरू कसैले पनि हामीलाई बन्दोबस्त गरिदिनेवाला छैन यस संसारमा ।
आफूलाई जे को आवश्यकता पर्दछ त्यो आफैले तयारी गर्नेतर्फ लाग्नुपर्दछ । यसै । सन्दर्भमा यो एउटा सानो प्रसंग
एक पटक एउटा साहै सुन्दर केटा विवाहको लागि केटी खोज भने कुरा साहा गाउँभरी हल्ला चल्यो। त्यो केटा सुन्दर मात्र हैन अतिक अरे भन्ने कुरा पनि सबैको कानमा गयो । तर त्यो केटा दिउँसमा धेरै मा आफूलाई रोक्छन्, डिस्टर्व गर्छन् भनेर रातीमा केटी हेर्न आउँदै थियो । यो केटीहरूका वुवा–आमालाई पनि थाहा भयो । त्यसपछि जो जसका छोरी १५– १६ वर्ष पुगेका विवाह गर्न उमेर पुगेका छन् उनीहरूलाई एउटै घरमा ड्ड जम्मा गर्ने निर्णय भयो ।
त्यो गाउँका सबै केटीहरू जम्मा गर्दा बाह्वटी भए उनीहरूको जिउँडाल सर्लक्क परेका र राम्रा थिए । तर त्यहाँ एउटा सर्त के थियो भने त्यो धनी केटा ती केटीहरूलाई हेर्न जाने बेलामा केटीहरू बाहेक त्यो घरमा कोही पनि हुन हुदैन्थ्यो । अतः सबैजना मिलेर केटीहरूलाई एउटै घरमा राखी दिए र आफूहरू घर(घर गए । त्यस केटाले मन पराएको खण्डमा १२ वटा केटीलाई विवाह गर्न पनि सक्थ्यो। तर उसलाई केटी मन पर्नु पर्यो। उसले १२ वटा त के १०० वटा केटी पनि पाल्न सक्दथ्यो । उसलाई धनसम्पत्तिको कत्ति पनि चिन्ता थिएन।
केवल कामवासनाको लागि सुन्दर रुपको पछाडी नलाग्नुस, किनभने कुनै गहना बाहिरबाट हेर्दा सुन जस्तै देखिए पनि भित्र फलाम पनि हुन सक्छ। तपाईलाई कहिल्यै पनि रुपले सुखी र खुसी ।
बनाउँदैन, त्यो रुप भित्रको व्यवहारले नै मान्छेलाई सुखी वा दुःखी । । बनाउने गर्दछ।
उता घर घरमा सुत्न भनेर गएका केटीहरूका बाबु आमा ढुक(ढुक भएका छन् । सबैको मनमा मेरी छोरीलाई त्यो केटाले मन पराइदिए हुन्थ्यो भन्ने चिन्ता छ । कतिले छोरीले कुन कपडा लगाएकी छ भनेर पनि आफूआफू कुरा गर्थे । त्यो रातो फराक लगाउन भनेको भए हुन्थ्यो नि भनेर एउटाको घरमा गुनासो चल्छ भने नाकमा के लगएकी छ भनेर अर्काको घरमा । गुनासो चल्छ। त्यस्तै सबैको घरमा आ(आफ्नै गुनासाहरू चलिरहन्छन्।
१२ वटा केटीहरू प्रत्येक खाटमा आ–आफ्ना टुकी बत्ति बालेर त्यो केटीलाई पर्खीरहेका छन् । उनीहरू सबैको मन ढुकढुक भइरहेको छ। रातको तसक्यो केटा अझै पनि आएन । केटीहरूलाई त्यो रात निन्द्रा कत्ति पनि को थिएन । १२ पनि बजिसक्यो तर केटो अझै आएन । ६ जना बीसले बालेको बत्तीमा तेल सकियो र उनीहरूबो बत्ती पनि निभ्यो । त्यसपछि उनीहरू सुते । तर ६ जना केटीहरूले भने कुनै दुःख, कष्ट नमानी केटालाई पर्खि नै रहे।
सफलता प्राप्त गर्नको लागि डर हुनुहुँदैन, डरसँग नडराउनुस्, अझै अगाडी बढ्नुस्, त्यसैले सबै मान्छे सफल हुन सक्दैनन् किनभने तिनीहरु अगाडी बढ्न डराउँछन् । अतः सफलताको बाधक तत्व भनेको असफल हुन्छु कि भनेर डराउने मनस्थीति हुनु हो।
यदि केटाले मनपरायो भने उनीहरू जत्तिको भाग्यमानी कोही पनि हुन सक्दैन्थ्यो । ती केटीहरूको सोचाइ पनि यस्तै थियो । तेल सकिएका केटीहरू एक निन्द्रा पुयाएर पनि ब्युझीसके तर केटो अझै आएन । सुतेर उठेका कटीहरूले पनि अब केटाको प्रतीक्षा गर्न थाले । यदि आज एकरात उसलाई पर्खदैमा उसँग विवाह भइहाल्यो भने त हामी पनि जिन्दगीमा भग्यमानी हुन सक्छौ नि सुतेर उठेका केटीहरूले एक आपसमा छलफल गर्न थाले
।
बाँकी छ जनाको बत्ति ठूलाठूला छन् । उनीहरूको तेल सकिने कुरै छैन । उनीहरू आखा पनि झिमिक्क नगरी केटालाई पर्खिरहेका छन् । बाहिर गोठमा भंसाल घास खाँदाको आवाज सुन्दा पनि उनीहरूलाई त्यही केटो नै आए झै लाग्छ । विचरा केटीहरूले सारै दुःख नै पाए । रातीको २ बज्यो सुतेर उठेका केटीहरू मुख धोएर चिटिक्क परे । उनीहरूले साथीसँग तेल सापटीु माहरूले दिएनन । किनभने त्यो केटालाई आकर्षित गन एउटा बत्ती हुनै पर्दथ्यो।
ती केटीहरूले तेल सापटी नदिएपछि उनीहरू त्यही राती २ बजे नै आफ्नो घरमा तेल तलीन गए ,ढोका खोलेर बाहिर जानासाथ त्यो केटा त्यही घरभित्र आयो। ऊ घर भित्र पसेपछि घरको ढोका लगाइयो। सबै केटीहरूको मुहार सुन्दरताले धपक्क बलेको थियो । केटाले सबैलाई एक(एक गरेर हेयो। उसले सबैलाई मन परायो र ती छ जनालाई नै भोली पल्ट जन्ती लिएर आएर विवाह गर्ने बाचा गरेर त्यही रात घर फर्यो । ती केटीहरू हुनसम्म खुशी भए । साँच्चै आफ्नो जीवनलाई सुख सम्पन्न बनाउन सक्ने धनी केटासँग विवाह गर्न पाए । विचरा तेल लिन गएका केटीहरू तेल लिएर आउँदा त केटो गइसकेको कुरा थाहा पाए । उनीहरू बडो दुःखी भए। उज्यालो भयो। कसैका अभिभावक खुशी भए भने कसैका दुःखी भए। भव्य तरिकाले विवाह सम्पन्न भयो । रती ६ जना केटीहरूलाई विवाह हेर्न जान निनलागेन । उनीहरू अति दुःखी भए । यदि तेल लिन जान नपरेको भए आफूले पनि विवाह गर्न पाउने कुरा गर्दै दिन बिताउँदै गर्न थाले।
दुःखमा कहिल्यै पनि नआत्तिनुस्, यसले तपाईलाई पतन गराउन सक्दैन, चारैतिर हेरेर स्थीतिलाई अवलोकन गर्नुस त यसले तपाईलाई अगाडी बढ्नको लागि अवश्य शक्ति दिने काम गर्दछ।
अतः वन्धुहरू: हामी कुनै पनि बेला तयारी अवस्थामा रहनुपर्दछ । अवसर भनेको कुनै पनि बेला आउन सक्दछ । तर हामी जागा रहनुपर्दछ । कुनै बेला अल्छी मानेर एकछीन को लागि त होनी भनेर ढिला गरियो भने त्यही बेलामा मुख्य कुरा छुट्न सक्छ।