खुशी कसरी हुने ? हेर्नुहोस् खुशी हुुने ११ तरिका

काठमाडौं – निराशाको अनुभव हुनु असफलता हो । यसले हाम्रो कार्यक्षमतालाई नाश गरिदिन्छ । हामीले सर्वप्रथम आफ्नो स्थान निर्धारण गर्नुपर्छ । आफैँप्रति इमान्दार हुनपर्छ, आफैँसँग प्रतिशपर्धा गर्नुपर्छ । खुशी रहनका लागि यस्ता कुराहरुले धेरै अर्थ राख्दछन् । मानिस खुशी हुनका लागि निम्न काम गर्नुपर्छ ।

१) प्रत्येक व्यक्तिसँग र प्रत्येक अवस्थामा सकारात्मक हुनुपर्छ ।
२) खुशी रहने अठोट गर्नुपर्छ ।
३) समझदारीपूर्वक मापदण्ड तय गर्नुपर्दछ ।
४) नकारात्मक आलोचना सहने शक्ति बढाउनु पर्छ ।
५) प्रत्येक साना कुरा खुशी हुन सिक्नुपर्छ ।
६) समय संधै एकनाशको हुँदैन । आरोह अवरोह जीवनको पाटो हो ।
७) आफूलाई सँधै सिर्जनात्मक काममा लगाउनु पर्दछ ।
८) आफू भन्दा कम भाग्यशाली व्यक्तिलाई सहयोग गर्नुपर्दछ ।
९) प्रत्येक अवस्थामा पूर्णताका लागि तत्पर रहनुपर्दछ ।
१०) अवस्थालाई बसमा राख्न सिक्नुपर्दछ । चिन्तित हुनु हुँदैन ।
११) आफू र अरुलाई माया गर्नुपर्छ । कसैप्रति द्वेषको भावना राख्नुहुँदैन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top