मुख्य समाचार

घोषित मितिमै निर्वाचन सम्पन्न गराउने काममा सहयाेग गर्न सबैमा राष्ट्रपतिको अपील

२८ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएको भन्दै घोषित चुनाव सम्पन्न गराउन सबैलाई अपील गरेका छन् । साथै राष्ट्रपति पौडेलले संविधान, संसदीय प्रणाली र संघीय गणतन्त्र कायम भएको उल्लेख भएको गरेका छन् । शनिबार एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, ‘बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने […]

घोषित मितिमै निर्वाचन सम्पन्न गराउने काममा सहयाेग गर्न सबैमा राष्ट्रपतिको अपील Read More »

निर्वाचन आयोगले थाल्यो प्रतिनिधिसभा चुनावको तयारी, माघमा राष्ट्रिय सभाको निर्वाचन हुने 

प्रतिनिधिसभा विघटन गरी सरकारले २१ फागुनमा तोकेको चुनाव गराउन निर्वाचन आयोगले तयारी थालेको छ।  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले स्रोतसाधन सुनिश्चित गरिदिए आयोग निर्वाचन गराउन तयार रहेको बताए। सामान्यतया निर्वाचन गर्न १२० दिन चाहिने भन्दै भण्डारीले ६ महिनाको समयभित्र निर्वाचन गराउन आयोग तयार रहेको बताए।  निर्वाचन प्रक्रियाअन्तर्गत व्यवस्थापन र मतदाता नामावली संकलनको काम

निर्वाचन आयोगले थाल्यो प्रतिनिधिसभा चुनावको तयारी, माघमा राष्ट्रिय सभाको निर्वाचन हुने  Read More »

सरकार किसानको दूध खान्छ, पैसा तिर्दैन

१५ भदौ, काठमाडौँ । नेपालमा उखु किसानमात्र होइन, दुग्ध उत्पादक किसानको आन्दोलन पनि बर्सेनि दोहोरिने शृङ्खला हो । आफ्ना उत्पादन उधारोमा बेच्नुपर्ने र त्यही उधारो उठाएर जीविका चलाउन सडकमा आउनुपर्ने विडम्बनापूर्ण नियतिले किसानलाई जहिल्यै गाँजेको छ । आज आइतबार लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) कार्यालय अगाडि दुग्ध किसानले गरेको आन्दोलन पनि उही पुरानो व्यथाको नयाँ संस्करण

सरकार किसानको दूध खान्छ, पैसा तिर्दैन Read More »

संघीय निजामती सेवा विधेयक : सेवा प्रवेश गर्दा आरक्षण, बढुवामा नपाइने

१२ भदौ, काठमाडौं । निजामती कर्मचारीको बढुवामा आरक्षणको प्रावधान नरहने भएको छ । निजामती सेवा प्रवेशमा मात्रै आरक्षण रहने गरी संघीय निजामती सेवा विधेयक अगाडि बढाउने सहमति राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सहमति जुटेको छ । सांसदहरूले कर्मचारीको बढुवामा समेत महिला र दलितका लागि आरक्षणको प्रस्ताव गरेका थिए । ‘सकारात्मक विभेद आवश्यक छ, महिला

संघीय निजामती सेवा विधेयक : सेवा प्रवेश गर्दा आरक्षण, बढुवामा नपाइने Read More »

राज्य व्यवस्थाको सभापतिबारे निर्णय गर्न देउवाले बोलाए बैठक

९ भदौ, काठमाडौं । राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवारबारे निर्णय गर्न नेपाली कांग्रेसका पदाधिकारीहरुको अनौपचारिक बैठक बस्दै छ । बैठक बिहान १० बजेपछि पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो । बैठकमा दुई उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङ तथा दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई बोलाइएको छ । कुलिङ पिरियड

राज्य व्यवस्थाको सभापतिबारे निर्णय गर्न देउवाले बोलाए बैठक Read More »

शिक्षा समितिबाट पारित विधेयकमा माओवादी, रास्वपा र राप्रपाको फरक मत

५ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ । बिहीबार बसेको समितिको बैठकले विधेयक पारित गरेको हो । समितिबाट पारति विधेयकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फरक मत राखेका छन् । माओवादीले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्ति सम्बन्धी व्यवस्थालाई उपसमितिले

शिक्षा समितिबाट पारित विधेयकमा माओवादी, रास्वपा र राप्रपाको फरक मत Read More »

सत्ता गठबन्धनमै संशय ल्याएको भूमि विधेयक समितिबाट अघि बढ्यो

५ भदौ, काठमाडौं । सात महिनादेखि प्रधानमन्त्रीले भूमिसम्बन्धि ऐनमा गर्न खोजेको संशोधन बल्ल संसदीय समितिबाट अघि बढेको छ । अध्यादेशमार्फत प्रधानमन्त्री ओलीले यो ऐन संशोधन गर्न खोजेका थिए । तर विरोध भएपछि  संसद्‌मा अध्यादेश प्रतिस्थापन विधेयक नै आएन । पछि सरकारले नयाँ विधेयक अध्यादेशकै प्रावधानसहित ल्यायो । जुन विधेयकमाथि सत्तारुढ दल नै सशंकित बन्यो र

सत्ता गठबन्धनमै संशय ल्याएको भूमि विधेयक समितिबाट अघि बढ्यो Read More »

पाँचदिने पडकास्ट तालिम सम्पन्न, तामाङ भाषामा सामग्री बनाउन आग्रह

असार, ललितपुर – सञ्चार रजिस्टार कार्यालय बागमती प्रदेशको आयोजनामा पाँचदिने पडकास्ट तालिम सम्पन्न भएको छ । तामाङ पत्रकार संघको समन्वयमा असार २-६ गते भएको तालिममा १५ सञ्चारकर्मी सहभागी थिए । कार्यक्रममा सञ्चार रजिस्टार कार्यालयका प्रमुख रेवती सापकोटाले तामाङ भाषामा पडकास्ट सामग्री उत्पादन गर्न प्रोत्साहन दिँदै भाषाको प्रवर्द्धनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताइन् । प्रशिक्षक पवन आचार्य र सविता

पाँचदिने पडकास्ट तालिम सम्पन्न, तामाङ भाषामा सामग्री बनाउन आग्रह Read More »

आज तामाङ प्रसारण दिवस, हेटौडामा तामाङ भाषा प्रभावकारी कार्यान्वयनमा केन्द्रित सम्वाद हुँदै

भदौं, हेटौंडा – तामाङ पत्रकार संघ बागमती प्रदेश समिति र जिल्ला समिति मकवानपुरको संयुक्त आयोजनामा ‘३१ औं तामाङ प्रसारण दिवस’ आज अन्तरक्रिया तथा पुरस्कार वितरण गरि मनाइदै छ। वि.सं. २०५१ साल भदौं १ गते बिधुतिय संचारमाध्यम रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण गरिएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष संघले यो दिवस मनाउँदै आएको छ।

आज तामाङ प्रसारण दिवस, हेटौडामा तामाङ भाषा प्रभावकारी कार्यान्वयनमा केन्द्रित सम्वाद हुँदै Read More »

Scroll to Top